काठमाडौं, ३० भदौ । निर्देशक सुदर्शन थापाविरुद्ध उजुरी परेको छ । पत्रकार सुजन श्रेष्ठले थापाविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् ।

थापाले धम्की दिँदै गालीगलौज गरेको भन्दै उजुरीमा श्रेष्ठले प्रहरीमा दिएका हुन् । केही दिनअघि थापाले श्रेष्ठलाई ‘कानको जाली फुटाइदिने’ धम्की दिएका थिए ।

श्रेष्ठले चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको समाचार लेखेपछि निर्देशक थापाले आपत्ति जनाएका थिए ।

साथै उनले फोन गरेर श्रेष्ठलाई गालीगलौज गरेका थिए । थापाले ‘कानको जाली फुटाइदिने’ धम्की दिएको कल रेकर्ड श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिकसमेत गरेका थिए ।