बुधबार ११९ नयाँ संक्रमित थपिए, १३० जना संक्रमणमुक्त

काठमाडौं, २९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ११९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८९ र एन्टिजेनबाट ३० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार १९१ रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


