काठमाडौं, २९ भदौ । सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाईंको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ, विकास लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ ।

प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन, अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समावेश छ ।