सोनियाको आवाजमा ‘केही खोजिरहेको थिए’ गीत सार्वजनिक

काठमाडौं, २९ भदौ । सोनिया सेन पोखरेलको आवाजमा ‘केही खोजिरहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ ।
बर्मामा बसेर आफ्नो साङ्गीतिक यात्रा सुरु गरेकी सोनियाले गायक सुगम पोखरेलको शब्द सङ्गीतमा आफ्नो आवाज दिएकी हुन् ।
अन्य गायकका कभर गीतहरू गाए पनि यो सोनियाको पहिलो गीत हो । गीतको भिडियोमा प्रदीप बास्तोला र प्रशंसा रायमाझी को अभिनय रहेको छ ।
शिवराम श्रेष्ठले छायाङ्कन गरेको उक्त भिडियोलाई बिजेश पौडेलले सम्पादन र निर्देशन गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


