चोटका कारण मेन्डी र कान्टेले साल्जबर्गविरुद्धको खेल गुमाउने

एजेन्सी, २९ भदौ । इंग्लिस क्लब चेल्सीका गोलकिपर एडुवार्ड मेन्डी र मिडफिल्डर एनगोलो कान्टेले चोटका कारण च्याम्पियन्स लिग अन्तर्गत आरबी साल्जवर्गविरुद्धको खेल गुमाउने छन् ।
चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आजराति अस्ट्रियन क्लव साल्जबर्गको सामना गर्दैछ ।
मेन्डी घुँडाको चोट तथा कान्टे हयामस्ट्रीङमा समस्या देखिएका कारण आजको खेलमा अनुपस्थित हुने क्लबले जनाएको छ । पहिलो खेलमा क्रोएसियन क्लब डिनामो जाग्रेबसँग १–० को हार बेहेरको चेल्सी घरेलु मैदानमा भने जित निकाल्न चाहन्छ ।
चेल्सीका नवनियुक्त प्रशिक्षक ग्राहम पोर्टरका लागि यो पहिलो खेल हुनेछ । पहिलो खेलमा पराजित भएपछि क्लबले थोमस टुचेललाई बर्खास्त गर्दै पोर्टरलाई नियुक्त गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


