एजेन्सी, २९ भदौ । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनमाथि महाभियोग लगाउने विषयमा अनुसन्धानको नेतृत्व गरेका न्यायाधीश केन स्टारको निधन भएको छ ।

७६ वर्षीय स्टारको शल्यक्रियापछि जटिलताका कारण टेक्सासको ह्युस्टनमा निधन भएको उनको परिवारले एक विज्ञप्तिमा जनाएको छ ।

स्टारले पूर्वराष्ट्रपति क्लिन्टनले मोनिका लेविन्स्कीसँगकोे सम्बन्धको बारेमा झुटो बोलेका कारण उनीमाथि लागेको महाभियोगको छानबिनको नेतृत्व गरेका थिए ।

क्लिन्टनलाई सन् १९९८ मा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । तर, माथिल्लो सदन सिनेटले सफाइ दिएको थियो ।