लामिछानेलाई कालोसूचीमा राख्नु न्यायपूर्ण होइन : अभिनेत्री विश्वकर्मा

काठमाडौं, २८ भदौ । अभिनेत्री रीमा विश्वकर्माले बलात्कारका आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राख्नु न्यायपूर्ण नहुने बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै छानबिनको क्रममा रहेको अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई दोषी जसरी कालो सूचिमा राख्नु न्यायपूर्ण नहुने धारणा राखेकी हुन् ।
‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनुपर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन’ उनले अगाडि थपेकी छन् ‘तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


