मंगलबार २०३ नयाँ संक्रमित थपिए, १२६ जना संक्रमणमुक्त

काठमाडौं, २८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २०३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३०० जनाको पीसीआर परीक्षण गर्दा ८७ र ३ हजार ७५९ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ५५४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार २३२ रहेको छ । जसमध्ये २ हजार १५२ जना होम आइसोलेसनमा छन् भने ८० जना संस्थागत आइसोलेसन र १७ जना आईसीयूमा छन् ।
यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


