सोमबार १७९ नयाँ संक्रमित थपिए, १७१ जना संक्रमणमुक्त

काठमाडौं, २७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ र २ हजार २५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने १७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ३५१ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना रहेको छ । जसमध्ये २ हजार १९० जना होम आइसोलेसनमा छन् भने ८१ जना संस्थागत आइसोलेसन र १५ जना आईसीयूमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


