राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव पक्राउ

काठमाडौं, २७ भदौ । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव पक्राउ परेका छन् ।
नेपाल भ्रमणमा आउन लागेको चिनियाँ प्रतिनिधि मण्डलको भेटवार्ता पारदर्शी गर्नु पर्ने माग राख्दै विज्ञप्ति जारी गरेपछि यादवलाई प्रहरीले नियन्त्रणमा लिएको सो अभियानकी उपाध्यक्ष सुनिता साहले जानकारी दिइन् ।
यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जनवादी गणतन्त्र चीनको नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सुको टोलीको आसन्न नेपाल भ्रमणबारे प्रश्न उठाएका थिए ।
राष्ट्रिय एकता अभियानले अध्यक्ष यादवलाई बिना सर्त तत्काल रिहाइको माग गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


