वर्षमान पुनलाई कोरोना संक्रमण

काठमाडौं, २७ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार विहान गरिएको पिसिआर परीक्षणबाट उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार पनि उनले एन्टिजेन परीक्षण गराएका थिए । त्यसमा पनि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
उनी अहिले चिकित्सकीय निगरानीमा घरमा नै आराम गरिरहेका छन् ।
लामो समय जन्डिस भएपछि चीनमा उपचार गरेर केही महिनाअघि पुन फर्किएका थिए ।

