हनी सिंह र शालिनी तलवारबीच सम्बन्धविच्छेद

एजेन्सी, २६ भदौ । पञ्जाबी गायक योयो हनी सिंह र पत्नी शालिनी तलवारको सम्बन्धविच्छेद भएको छ ।
दिल्लीको साकेत डिस्ट्रिक्ट कोर्टको फेमिली कोर्टले यो मामलाको सुनुवाइ गरेको छ । हनीले ‘एलिमनी’का रूपमा १ करोड रुपैयाँको चेक बन्द खाममा शालिनी तलवारलाई दिएका छन् ।
अदालतमा हनी र शालिनीको बीच काउन्टर एलिगेसनपछि मामला टुंगो लागेको हो । त्यसपछि दुवैबीच एक करोडको ‘एलिमनी’ सम्झौता भएको छ । यो मामलाको आगामी सुनुवाइ २० मार्च २०२३ मा हुनेछ । जसमा आगामी प्रस्तावमा सुनुवाइ हुनेछ ।
शालिनीले गत वर्ष ३ अगस्टमा तीस हजारी कोर्टमा हिरदेश सिंह अर्थात् हनी सिंहविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन् । उनले हनीले आफूमाथि ‘आक्रमण’ गरेको आरोप लगाएकी थिइन् । शालिनीले विवाहपछि आफूले १० वर्ष समय दिए पनि हनीले भने शारीरिक र मानसिक यातना मात्र दिएको दाबी गरेकी छन् ।
शालिनीले हनीले अन्तर्राष्ट्रिय यात्रामा जाने बहानामा अर्की महिलाहरूसँग अवैध सम्बन्ध बनाउने गरेको आरोप पनि लगाएकी थिइन् ।शालिनीले आफूलाई पतिले जनावरजस्तो व्यवहार गरेकाले हनीबाट अलग्गिन चाहेको बताएकी थिइन् । शालिनीले उजुरीमा १० करोड ‘एलिमनी’को माग गरेकी थिइन् ।
हनीले शालिनीसँग १७ वर्ष डेट गरेपछि सन् २०११ जनवरी २३ मा विवाह गरेका थिए । उनीहरू बाल्यकालदेखि नै एकअर्कालाई चिन्थे र एकै विद्यालयमा पढ्थे । शालिनीले आफूलाई आरोप लगाए पनि हनीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


