अफगानी नागरिक रिहाइका लागि तालिबान र पाकिस्तानबीच वार्ता

एजेन्सी, २६ भदौ । कानुनी कागजात नभएको आरोपमा पक्राउ परेका ३०० अफगानीलाई रिहा गर्न अफगान तालिबान सरकारले पाकिस्तानसँग वार्ता गरिरहेको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) को प्रतिवेदनअनुसार पाकिस्तान सबैभन्दा धेरै अफगानी शरणार्थीका लागि आश्रयस्थल बनेको छ ।
सन् २०२१ को अन्त्यसम्ममा १ लाख ३८ हजार ५०० अफगानी शरणार्थीहरू पाकिस्तान, ताजिकिस्तान र इरानमा रहेका छन् । तीमध्ये पाकिस्तानमा एक लाख आठ हजार, ताजिकिस्तानमा २ हजार ७०० र इरानमा २७ हजार ८०० व्यक्ति शरणार्थीका रूपमा आश्रय लिँदै आएका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयले इस्लामाबादस्थित अफगान दूतावासका अधिकारीहरूले पाकिस्तानी अधिकारीहरूसँग पाकिस्तानी प्रहरीले हिरासतमा लिएका करिब ३०० अफगानीहरूको रिहाइका लागि छलफल गरिरहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयका उपप्रवक्ता हाफिज जिया अहमद टकलले एक भिडियोमा अफगान दूतावासको प्रयासका कारण केही बन्दीलाई मुक्त गरिएको बताएका छन् । तैपनि बाँकी कैँदीलाई जरिवाना तिरेर छाडिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


