शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको निधन

काठमाडौं, २६ भदौ । ज्योतिर्मथ, बद्रीनाथ र शारदा पीठ, द्वारकाका शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
मध्यप्रदेशको नरसिंहपुर जिल्लाको झोटेश्वरस्थित परमहंसी गंगा आश्रममा हृदयाघातका कारण दिउँसो ३ः५० बजे उनको निधन भएको हो । स्वरूपानन्द सरस्वतीलाई विश्वभरका हिन्दूहरूको सबैभन्दा ठूलो धर्म गुरु मानिन्थ्यो ।
लामो समयदेखि बिरामी शंकराचार्य बैंगलोरमा उपचार गरेर भर्खरै आश्रम फर्किएका थिए । शंकराचार्यका शिष्य ब्रह्म विद्यानन्दका अनुसार स्वामी स्वरूपानन्द सरस्वतीलाई सोमबार साँझ ५ बजेतिर परमहंसी गंगा आश्रममा समाधि दिइनेछ ।
भारतीय स्वतन्त्रता संग्राममा सहभागी भए वापत स्वामी शंकराचार्य जेल पनि गएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


