अलमुताइरीले दिए नेपाली फुटबल टोलीको प्रशिक्षकबाट राजीनामा

काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेका हुन् ।
नेपालको मुख्य प्रशिक्षक सम्हालेको ५२५ दिनपछि अलमुताइरीले राजीनामा दिए ।
‘नेपाली फुटबलको सेवाको ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ अलमुताइरीले लेखेका छन्, ‘खुसी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


