चीनको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो

एजेन्सी, २५ भदौ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८८ पुगेको छ भने ३० जना अझै बेपत्ता छन् ।
बिहीबार दिउँसोसम्म मृत्यु हुनेमध्ये ५० जना गान्जी तिब्बती स्वायत्त प्रान्तका र ३८ जना यान शहरका रहेको बताइएको छ ।
चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार गान्जीको लुडिङ काउन्टीमा दिउँसो १२ बजेर ५२ मिनेटमा सोमबार भूकम्प गएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


