अमेरिकी राष्ट्रपति बाइडेन बेलायतकी महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

एजेन्सी, २५ भदौ । अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।
पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन् ।
बेलायतका राजा चार्ल्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए । “म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको छैन ।
मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,” ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारहरू माझ भने ।
राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ ।
राष्ट्रपति बाइडेनले आफ्नी अर्धाङ्गिनी जिल बाइडेनका साथ यहाँस्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


