शनिबार १६३ नयाँ संक्रमित थपिए, १३० जना संक्रमणमुक्त

काठमाडौं, २५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १६३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७४६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
१ हजार ७१८ जनाको पीसीआर परीक्षण गर्दा ११२ र २ हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४३० रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


