नेपाल टी–२० लिगका लागि सोमपाल कामी जनकपुर रोयल्सको मार्की खेलाडी

काठमाडौं, २५ भदौ । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगका ६ मार्की खेलाडी सार्वजनिक भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी ड्राफ्टबाट शनिबार ६ टोलीका मार्की खेलाडी सार्वजनिक गरेको हो ।
पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्ने छन् ।
जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेका छन् ।
यस्तै, काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्रसिंह ऐरी र विराटनगरले रोहितकुमार पौडेललाई अनुबन्ध गरेको छ ।
मार्की खेलाडीले १५ लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछन् । पोखराले ‘ए’ श्रेणीबाट शदर भेषवाकरलाई पनि १५ लाखमा अनुबन्ध गरेको क्यानले जनाएको छ ।
पहिलो संस्करणको नेपाल टी–२० लिग ८ असोजदेखि ५ कात्तिकसम्म हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


