जनकपुरधाम, २४ भदौ । नेपाली कांग्रेसले महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।

आगामि मंसिर ४ गते हुने निर्वाचनमा उक्त क्षेत्रबाट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खाँणलाई कांग्रेसले एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

क्षेत्रीय कमिटीको बैठकले गृहमन्त्री खाँणको नाम सर्वसम्मत रुपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको नेपाली कांग्रेसका जलेश्वर नगर उपसभापति प्रकाश पाठकले जानकारी दिएका छन् ।

यसअघि गृहमन्त्री खाँणको नाम रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर-२ र ३ बाट पनि सिफारिस भएको छ ।

अघिल्लोपटक समानुपातिकमा बसेका खाँण अहिले प्रत्यक्ष लड्ने तयारीमा छन् ।

२०७४ को निर्वाचनमा महोत्तरी ३ बाट लोसपाका अध्यक्ष महन्त ठाकुर निर्वाचित भएका हुन् ।

सोही क्षेत्रबाट मधेस प्रदेशको मुख्यन्यायाधिवक्ता पदबाट राजीनामा दिएर जसपामा प्रवेश गरेका दीपेन्द्र झा पनि चुनाव लड्ने चर्चा छ ।