काठमाडौं, २४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जना कोरोनाका नयाँ संक्रमित थपिएक छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २९४ जनाको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

१ हजार १८६ जनाको पीसीआर परीक्षण गर्दा ११० र २ हजार १०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

पछिल्लो २४ घण्टामा १३३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४४८ रहेको मन्त्रालयले जनाएको छ ।