विप्लव र अस्मिताको स्वर रहेको गीत ‘तिम्रै साथमा’ सार्वजनिक

काठमाडौं, २४ भदौ । विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्रै साथमा’ सार्वजनिक भएको छ ।
रोमान्टिक शैलीको सार्वजनिक गीतमा केदार बरुवाल क्षेत्रीको शब्द तथा संगीत छ । गीतको एरेन्ज उर्गेन दोङ्गले गरेका हुन् ।
मुस्ताङको सुन्दर दृश्यमा छायांकन गरिएको म्युजिक भिडियोमा समरिका ढकाल र कुन्संग बोम्जनको रोमान्टिक अभिनय छ ।
केशबराज भट्टले निर्देशन गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियोमा दिप्सन शाहको सम्पादन छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


