चेल्सीको मुख्य प्रशिक्षकमा ग्राहम पोटर नियुक्त

एजेन्सी, २४ भदौ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले ग्राहम पोटरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
चेल्सीले एक विज्ञप्ति निकाल्दै पोटरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।
चेल्सीले बुधबार मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो । टुचेलको स्थानमा क्लबले ब्राइटनका मुख्य प्रशिक्षक पोटरलाई नियुक्त गरेको हो ।
च्याम्पियन्स लिगअन्तर्गत मंगलबार डिनामो जाग्रेबसँग १–० ले पराजित भएपछि चेल्सीले टुचेललाई बर्खास्त गरेको थियो । पोटर र चेल्सीबीच पाँच वर्षको सम्झौता भएको छ ।
अब उनको नेतृत्वमा क्लबले शनिबार प्रिमियर लिगअन्तर्गत फुलहमसँग पहिलो खेल खेल्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


