काठमाडौं, २४ भदौ । अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी–२० लिगको मेन्टर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो । सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ ।

६ टिम सहभागी रहने नेपाल टी–२० लिग असोज ८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।