एजेन्सी, २४ भदौ । बेलायतमा सबैभन्दा लामाे समयसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ ।

उनले बेलायतमा ७० वर्षसम्म शासन गरिन् ।

बिहीबार उनकाे निधन भएकाे हाे । केही दिनअघिदेखि उनकाे स्वास्थ्यअवस्था खराब भएकाे बताइएकाे थियाे ।