बिहीबार २२७ नयाँ संक्रमित थपिए, १६८ जना संक्रमणमुक्त

काठमाडौं, २३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २२७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४०१ जनाको परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार ५१८ जनाको पीसीआर परीक्षण गर्दा १३७ र २ हजार ८८३ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४७३ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


