काठमाडौं, २३ भदौ । नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ ।

आयोजक साईना सहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ ।

रियालिटी सो को निर्णायकमा गौरी मल्ल, निर शाह, सुगम पोखरेल रहेका छन् । साईना सहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बास्तोला हुन् भने हरि शर्मा प्रोग्राम हेड रहेका छन् । यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन् । यो रियालिटी सो हरेक शनिबार र आइतबार एपी वान् टेलिभिजनबाट प्रसारण हुनेछ ।

सोमा विजेता हुने प्रतियोगीले पचास लाखदेखि विभिन्न अवसर प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । यो बाहेक सम्बन्धित विधामा विजेता विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ ।