कानुनी लडाइमा सहयोग गर्न क्यानलाई सन्दीपको अनुरोध

काठमाडौं, २३ भदौ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई सहयोग गर्न अनुरोध गरेका छन् ।
क्यारेबियन प्रिमियर लिग (सिपिएल) को दशौं संस्करण खेल्न हाल वेस्ट इण्डिजमा रहेका उनले क्यानलाई कानुनी उपचारका लागि सहयोग गर्न अनुरोध गरेका हुन् ।
१७ वर्षीया किशोरीले जबरजस्तीकरणीको उजुरी हालेपछि सन्दीपले कानुनी लडाइँ लड्ने बताएका छन् । ‘सन्दीपले कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेका छन्,’ क्यान सचिव प्रशान्त विक्रम मल्लको एक टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन् ।
सन्दीपविरुद्ध उजुरी परेपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो ।
प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिनेभन्दा पनि छानबिनमा सहयोग गर्ने बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


