नेपाल भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं, २३ भदौ । नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् ।
बिहीबार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन ।
निर्वाचनमा चन्द समूह नै विजयी भयो । पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरिन् । निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो ।
यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत पाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


