राधिका आप्टे ३७ औं वर्षमा प्रवेश

एजेन्सी, २२ भदौ । बलिउड अभिनेत्री राधिका आप्टे बुधबार आफ्नो ३७ औं जन्मदिन मनाउँदै छिन् ।
उनका अधिकांश फिल्म ओटीटीमा रिलिज भएकाले उनलाई ओटीटी क्वीन समेत भन्ने गरिन्छ । आफ्नो उत्कृष्ट अभिनयले करोडौं फ्यानका मन जित्न सफल उनी बोल्ड विषयका फिल्म अभिनयका लागि परिचित छिन् ।
७ सेप्टेम्बर १९८५ मा पूणेमा जन्मिएकी उनको फिल्ममा प्रवेश निकै फिल्मी ढंगले भएको थियो । वास्तवमा, जब उनी शास्त्रीय नृत्य सिक्दै थिए, एक कास्टिङ निर्देशकले उनलाई देखेका थिए । उनको नृत्यको आकर्षक मुद्राले सबै निर्देशकलाई प्रभावित बनाएको थियो । त्यही क्रममा निर्देशकले उनलाई फिल्म अफर गरेका थिए ।
उनले ‘वाह लाइफ हो तो ऐसी’ फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् । उनले आफ्नो करियरमा बंगाली र मराठी फिल्ममा पनि काम गरिसकेकी छिन् । यस बाहेक अभिनेत्रीले चलचित्र ‘माझी’ द माउन्टेन म्यानमा गरेको अभिनयको प्रशंसा मिलेको थियो । उनी ‘वाह लाइफ हो तो ऐसी’, ‘रक्त चरित्र’, ‘रक्त चरित्र २’, ‘शोर इन द सिटी’, ‘बदलापुर’, ‘हन्टर’, ‘प्याडम्यान’ जस्ता फिल्ममा पनि देखिएकी थिइन् । यी फिल्ममा उनको अभिनयको निकै तारिफ भयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


