काठमाडौं, २२ भदौ । नेवार समुदायको भावनामा आँच पुर्याएको अभियोगमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले जिल्ला प्रहरी परिसरलाई थप अनुसन्धानका लागि समय थपिदिएको हो ।

अपूर्वले यसअघि नै आफूले बनाएको भिडियो क्षमायाचना गर्दै हटाएका थिए । तर, उनलाई हिरासतमा नै राखिएको छ । उनलाई अहिले पनि हिरासतमा राखिएको भन्दै उनको रिहाइको माग व्यापक रुपमा उठेको छ ।