महिला साफ च्याम्पियनसिपमा भारतको विजयी शुरुवात

काठमाडौं, २२ भदौ । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साबिक विजेता भारतले विजयी शुरुवात गरेको छ ।
समूह ‘ए’ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा पाकिस्तानलाई ३–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।खेलको २१ औं मिनेटमा पाकिस्तानी कप्तान मारिया खानको आत्मघाती गोलमार्फत भारतले अग्रता बनाएको थियो ।
२३ औं मिनेटमा ग्रेस डाङमेईले टोलीको अग्रता दोब्बर बनाइन । थप गरिएको समयमा सौम्या गुगुलओथले ले गोल गर्दै भारतलाई ३–० को जित दिलाईन् ।
यो जितसँगै भारतले ३ अंक जोड्दा पाकिस्तानले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । अब आफ्नो दोस्रो खेलमा शनिबार भारतले माल्दिभ्स र पाकिस्तानले बंगलादेशको सामना गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


