मकवानपुरमा जापानी इन्सेफलाइटिसको संक्रमणबाट तीनजनाको मृत्यु

हेटौंडा, २२ भदौ । मकवानपुरमा जापानी इन्सेफलाइटिसको संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार इन्सेफलाइटिसबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई र हेटौंडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको हो ।
बागमती गाउँपालिका–४ बस्ने वर्ष ४८ की सुस्मिता गोलेलाई उक्त रोगको संक्रमणबाट गम्भीर बिरामी भएकी छन् । उनलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको छ ।
त्यस्तै, मकवानपुरमा डेंगुको प्रकोप नियन्त्रणभन्दा बाहिर रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


