काठमाडौं, २१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ३०० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४५७ रहेको मन्त्रालयले जनाएको छ ।