माओवादी केन्द्र धनुषाद्वारा प्रत्यक्षतर्फ २७ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस

जनकपुरधाम, २१ भदौ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र धनुषाले आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
मंगलबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रिय सदस्यहरुको संयूक्त बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको हो ।
माओवादीले धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ का मा प्रतिनिधिसभातर्फ मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) का लागि जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव दिपक, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर १ (ख) का लागि प्रत्यक्षमा प्रदेशसभातर्फ सरोज यादव, प्रदीप साह, गुलाब यादव, सूर्यनारायण मण्डल र विरेन्द्र महतोको नाम केन्द्रिय समितिमा सिफारिस गरिएको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दिपक यादवले बताए ।
त्यस्तै, क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभातर्फ योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम सिफारिस गरिएको छ भने प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) बाट देवचन्द्र यादव र रेखा मडलको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्बर २ (ख) मा प्रत्यक्षतर्फ श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलसहित ४ जनाको नाम सिफारिस गरिएको उनले बताए ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभातर्फ सौखिलाल पासमान र युगेश्वर यादवको नाम सिफारिस गरिएको छ भने प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क) मा अनिल पासमान, चन्द्रशेखर साह तथा क्षेत्र नम्बर ३ (ख) मा प्रत्यक्षतर्फ महेश यादवको एकल नाम सिफारिस गरिएको उनले बताए ।
त्यस्तै क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देवसागर दासको एकल नाम सिफारिस गरिएको छ भने प्रदेशसभामा ४ (क) बाट अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको संयोजक दिपक यादवले बताए ।
यता, प्रतिनिधि र प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवारहरुको नाम टुंगो लगाउन बाँकी रहेको यादवले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


