भ्रस्टाचार मुद्दामा प्रधानाध्यापकसहित तीन जनालाई ६ महिना कैदको फैसला

कैलाली, २१ भदौ । कैलालीको बेहडाबाबा माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक गोविन्द ओझासहित ३ जनालाई भ्रस्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको छ ।
अदालयते प्रधानाध्यापक ओझासहित व्यवस्थापन समिति अध्यक्ष दवारी राना र लेखापाल गोपाल सेटीलाई बिगो असुल गर्ने गरी दोषी ठहर गर्दै ६ महिना कैद सजाय तोकेको हो ।
विशेष अदालतले तीनैजनालाई ६/६ महिना कैद र बिगो असुलउपर गर्ने फैसला सुनाइएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए ।
उनीहरूलाई प्रतिव्यक्ति ३ लाख २५ हजार ९ सय ९२ रुपैयाँ बिगो भराउने फैसला भएको हो । उनीहरूले २०७० सालदेखि गैर–हाजिर रहेका शिक्षकलाई जानकारी नगराई करिब ३ वर्षको तलबभत्ता भुक्तानी लिएको आरोपपत्रमा उल्लेख छ ।
यस्तै, विद्यालयका सामान खरिदमा झुटा बिल भर्पाइ बनाएर रकम निकासासमेत गरेको पाइएको अख्तियारको निष्कर्ष थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


