इगा स्विटेक युएस ओपनको क्वार्टरफाइनमा

एजेन्सी, २१ भदौ । महिलातर्फ विश्व नम्बर १ इगा स्विटेक युएस ओपन टेनिस प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेकी छन् ।
पोल्याण्डकी स्विटेक गएराति सम्पन्न खेलमा जर्मनीकी जुल निमेयरलाई ३–१ को सोझो सेटमा पाराजित गर्दै क्वार्टरफाईन प्रवेश गरेकी हुन् ।
लुइस आर्मस्ट्रङ स्टेडियममा पहिलो सेट २–६ ले गुमाए पनि उत्कृष्ट पुनरागमन गरेकी स्विटेकले त्यसपछिका सेट ६–४ र ६–० ले जित्दै खेल आफ्नो पक्षमा पारिन् ।
अब सेमिफाइनल प्रवेशका लागि स्विटेकले अमेरिकाकी जेसिका पेगुलाको सामना गर्नेछिन् । पेगुलाले चेक रिपब्लिककी पेट्रा केभिटोभालाई ६–३ र ६–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिन् ।
बेलारुसकी आर्यना सबालेन्का पनि क्वार्टरफाइनल प्रवेश गरेकी छन् । उनी आज बिहान सम्पन्न खेलमा अमेरिकाकी डेनियल कोलिन्सलाई ३–६, ६–३ र ६–२ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेकी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


