एजेन्सी, २१ भदौ । बुर्किना फासोको उत्तरी क्षेत्रमा आपूर्ति बोकेको एउटा गाडिमा विस्फोटक पदार्थ प्रहार हुँदा ३५ जना सर्वसाधारण नागरिकको मृत्यु भएको छ ।

दुर्घटनामा ३७ जना घाइते भएका छन् । आइतबार बौर्जांगादेखि जिबोको बीचको सडक खन्डमा एउटा समूहले सो विस्फोट गराएको सहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले एक विज्ञप्तिमा बताएका छन् ।

सशस्त्र जिहादी समूहले सो हमला गरेको हो अनुमान गरिएको छ । उक्त गाडि उत्तरबाट बुर्किना फासोको राजधानी ओवागाडोउको लागि प्रस्थान गरेको थियो । गाडिभित्र सर्वसाधारण र व्यपारी थिए ।

यसअघि जिहादी समूहले उत्तरका शहर डोरी र जिबोतर्फ जाने सडकमा गराएका विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।