आसन्न निर्वाचनका लागि कांग्रेस महोत्तरीद्वारा ८३ जनाको नाम सिफारिस

जनकपुरधाम, २१ भदौ । कांग्रेस महोत्तरीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ ८३ जनाको नाम सिफारिस गरेको छ ।
सिफारिस गरेका नामावली प्रदेशमा पठाइएको कांग्रेस महोत्तरीले जनाएको छ ।
सिफारिसमा पर्नेहरूमा क्षेत्र नम्बर–१ प्रतिनिधिसभाको लागि कल्याण गुरुङ, सिताराम भण्डारी, मुकेशराज काफ्ले र विनोद धामी छन् भने समानुपातिकतर्फ जितेन्द्र महतो, गोरकुल कुशाहा, विष्णु देव यादव र प्रतिमा कोइराला छन् ।
प्रदेशको प्रत्यक्षतर्फ (क) मा चिरञ्जीवी हमाल, महेश झा, सुरेश यादव र बिनोद बराल सिफारिस भएका छन भने (ख) मा रेखा यादव, ओमनारायण माहासेठ, महेश सिंह र गोरकुल सिंह छन् । गोरकुल कुशाहाको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ र प्रदेशको प्रत्यक्षतर्फ पनि सिफारिस भएका छ ।
त्यसैगरी (ख) मा समानुपातिकतर्फ उपेन्द्र ठाकुर, राधेश्याम भगत, उषा देवकोटा, मन्दिप भारती र (क) को समानुपातिक तर्फ शिवनारायण यादव, रूपनारायण सिंह, राजकुमार साह र सरिता परियारको नाम सिफारिस भएको कांग्रेस महोत्तरीले जनाएको छ ।
सोमबार वसेको जिल्ला कार्यसमितिको बैठकले बाँकी रहेका सबै क्षेत्रको सिफारिस टुंग्याएको छ । निर्णयअनुसार क्षेत्र नम्बर–२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ किरण यादवको एकल नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ सरोज कुमार यादव, ओमशंकर यादव, लक्ष्मीनारायण सिंह, महेन्द्र कुमार झा, सिकलि यादव गरी ७ जनाको नाम सिफारिस भएको छ ।
प्रदेशसभामा प्रत्यक्षतर्फ (क) मा नागेश्वर यादव, सुशील यादव, बिनोद धामी र समानुपातिक तर्फ रामछबिला यादव, बिनोद यादव, चण्डेश्वर मन्डल, भरत मण्डल छन । त्यसैगरी (ख) मा प्रत्यक्षतर्फ मन्जु कुमारी यादव, लक्ष्मण प्रसाद ठाकुर, रोहित ठाकुर, राजकरण साह, समानुपातिकतर्फ नागेन्द्र सर्मा, राम कृपाल यादव, उमेश पासवान, श्यामा देवि पासवान सिफारिसमा परेका छन ।
क्षेत्र नम्बर–३ को प्रतिनिधिसभाको समानुपातिकतर्फ रामचन्द्र तिवारीको एकल नाम सिफारिस भएको छ भने प्रत्यक्षतर्फ बजरंग नेपाली, बैजनाथ मन्डल, रामतेज मिश्र गरी ३ जनाको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेशसभाको (क) मा प्रत्यक्षतर्फ राघबेन्द्र झा, डा. गरिव दास ठाकुर, बिनय यादव छन भने समानुपातिकतर्फ नरेन्द्र झा र अनिता शर्मा छन ।
(ख) मा बिर्जु महतो, अशोक साह, दिलिप पाण्डे प्रत्यक्षतर्फ र बलराम सर्मा, घरुव मिश्र, नागेन्द्र यादव, निनु कर्णलाई समानुपातिकतर्फ सिफारिस गरिएको छ । क्षेत्र नम्बर–४ मा भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महेन्द्र रायको एकल नाम सिफारिस भएको छ ।समानुपातिकतर्फ पनि महेन्द्रकुमार राय नै र संगीता मण्डलको नाम सिफारिस गरिएको कांग्रेस महोत्तरीले जानकारी दियो ।
प्रदेशसभाको (क) मा प्रत्यक्षतर्फ नरेन्द्र यादव, श्याम यादव, (ख) तर्फ दिपान्शु सिंह, राजाराम यादव र प्रेमचन्द्र यादव गरि ५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ बिन्देश्वर यादव, डा. अशोक यादव (क) मा र (ख) तर्फ ललन कुमार सिंह र लिला कुमारी यादवको नाम सिफारिस भएको छ ।
जिल्लाले सिफारिस गरेर पठाएका नामहरुमाथी प्रदेशले छिट्टै टुंग्याएर केन्द्रमा पठाउने प्रक्रिया रहेको कांग्रेस जिल्ला सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


