केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप

काठमाडौं, २० भदौ । घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालले क्लिन स्विप गरेको छ । नेपालले सोमबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै क्लिन स्विप गरेको हो ।
यो जितसँगै नेपालले ३ खेलको सिरिज ३–० ले आफ्नो पक्षमा पारेको छ । यसअघि नेपालले ७ विकेट र १७ रनको जित हात पारेको थियो ।
२५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि अर्जुन साउदले, आसिफ शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले । साउदले ९० बलमा ३ चौक र २ छक्कासहित ५८ रन बनाए ।
५६ रन जोडेका शेखले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरे । अहमद ४९ बलमा ७ चौकासहित ५२ र कप्तान रोहितकुमार पौडेल ४६ बलमा ४ चौकासहित ४६ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्लले ३३ रन जोडे ।
केन्याका लागि विराज पटेलले २ तथा सिम एनगोचे र यश तलाटीले १–१ विकेट लिए ।
त्यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राजेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो । उसका लागि कोलिन्स ओबुया र लुकास ओलुचले अर्धशतकीय पारी खेले ।
८४ रन बनाएका आबुयाले १११ बलमा ७ चौका र २ छक्का प्रहार गरे । ओलुचले २७ बलमा सामन ५ चौका र छक्कासहित अविजित ५९ रनको योगदान दिए । सुकदीप सिंहले ३७ र इमानुएल बुन्दीले २३ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले २–२ तथा बसिर अहमद र साहब आलमले १–१ विकेट हात पारे । तीन विकेट रन आउटका रुपमा प्राप्त भयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


