काठमाडौं, २० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २२१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ९९६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार २४४ रहेको छ । जसमध्‍ये २ हजार ३१२ जना होम आइसोलेसनमा छन् भने १३२ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् ।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।