जनकपुरधाम, २० भदौ । मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभातर्फ पार्टी अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस गरिएको छ ।

लोसपा नेपाल बाराको सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकबाट पार्टी अध्यक्ष ठाकुरको बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट नाम सिफारिस गरिएको हो ।

अध्यक्ष ठाकुरसँगै नेताहरू एकवाल मिया, सिताराम गुप्ता र शिवजी साहको नामसमेत सिफारिस गरिएको छ ।

यसअघि २०७४ को निर्वाचनमा ठाकुर महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै, प्रदेशसभातर्फ बारा ४ को (क) बाट घनश्याम गिरी र ४ को (ख) बाट पार्टीका मधेस प्रदेश अध्यक्ष पूर्वमन्त्री जीतेन्द्र सोनलको नाम सिफारिस गरिएको हो ।