जनकपुरधाम, २० भदौ । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्र्टी नेपालबाट प्रतिनिधिसभातर्फ बरिष्ठ नेता राजेन्द्र महतोको एकल नाम सिफारिस गरिएको छ ।

लोसपा नेपालका सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकबाट पार्टीका बरिष्ठ नेता महतोको धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट एकल नाम सिफारिस गरिएको हो ।

यसअघि २०७४ को निर्वाचनमा महतो धनुषा क्षेत्र नं. ३ बाटै कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

महतोले उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निधिभन्दा ३ हजार २२ बढी मत ल्याई निर्वाचित भएका थिए । महतोले २७ हजार ४९९ मत प्राप्त गर्दा निधिले २४ हजार ४७७ मत ल्याएका थिए ।

मंसिर ४ को निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेले जुलीकुमारी महतो र नेपाली कांग्रेसले परमेश्वर महासेठको नाम सिफारिस गरिसकेको छ ।