एजेन्सी, २० भदौ । इटालियन सिरी ‘ए’ अन्तर्गतको खेलमा रोमा पराजित भएको छ । ऊ घरेलु टोली उडिनेससँग ४–० ले पराजित भएको हो ।

डासिया एरिनामा खेलको पाँचौं मिनेटमा डेस्टिनी उडोगोइले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा लाजर समार्डजिकले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

७५ औं मिनेटमा रोबर्टो पेरेराले उडिनेसका लागि तेस्रो गोल गरे । ८२ औं मिनेटमा सान्डी लोभ्रिचले गोल गर्दै घरेलु टोलीलाई ४–० को जित दिलाए ।

यो जितसँगै ५ खेलमा १० अंक जोडेको उडिनेस चौथौ स्थानमा उक्लिँदा पहिलो पराजय बेहोरेको रोमा पनि समान खेलबाट १० अंकका साथ पाँचौं स्थानमा छ ।