डानिल मेदभेदेव युएस ओपनको चौथो चरणबाट बाहिरिए

एजेन्सी, २० भदौ । विश्व नम्बर १ डानिल मेदभेदेव युएस ओपन टेनिसको चौथो चरणबाट बाहिरिएका छन् ।
रसियन खेलाडी मेदभेदेव आज बिहान सम्पन्न खेलमा अस्ट्रेलियाका निक कर्गियोससँग ३–१ को सेटमा पराजित हुँदै बाहिरिएका हुन् ।
उनले आर्थर एस स्टेडियममा भएको खेल ६–७ (११–१३), ६–३, ३–६ र २–६ ले गुमाए । किर्गियोसले क्वार्टरफाइनलमा रुसकै करेन खाचानोभको सामना गर्नेछन् ।
खाचानोभ स्पेनका पाब्लो क्यारेनो बुस्टालाई ४–६, ६–३, ६–१, ४–६ र ६–३ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


