एजेन्सी, २० भदौ । क्यानडामा दुई समुदायबीच भएको छुरा प्रहारमा १० जनाको मृत्यु भएको छ । घटनामा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।

क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइलेस स्यान्डरसन नामका दुई संदिग्धहरू फरार छन् ।

प्रहरीले शंकास्पद व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ । पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए ।