अफगानिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

एजेन्सी, २० भदौ । अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा तीनजना घाइते भएका छन् ।
उक्त घटना शनिबार दिउँसो हिवाद बजार क्षेत्रमा भएको र मारिने सबै विद्यार्थी भएको पुष्टि भएको छ ।
शुक्रबार पश्चिमी हेरात प्रान्तमा भएको घातक विस्फोटमा प्रसिद्ध धर्मगुरुसहित २० जनाको मृत्यु भएको थियो ।
हेरात शहरको गुजरगाह मस्जिदमा स्थानीय समय अनुसार राति १२ः४० बजे बम विस्फोट भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


