जनकपुरधाम, १९ भदौ । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ महासेठ दम्पतीको नाम सिफारिस गरिएको छ ।

नेकपा एमालेको आइतवार बसेको क्षेत्रीय बैठकबाट पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको धनुषा निर्वाचन क्षेत्र नम्बर-३ बाट एकल नाम सिफारिस गरिएको छ ।

त्यस्तै, धनुषाको क्षेत्र नम्बर ४ का लागि पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठको एकल नाम सिफारिस गरिएको नेकपा एमाले धनुषाका नेता बचनदेव पँजियारले जानकारी दिए ।

क्षेत्रीय बैठकबाट सिफारिस भएपछि सोको निर्णय जिल्ला कमिटीले प्रदेश कार्य समितिलाई पठाउने र त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने उनले बताए ।

पार्टीको अर्को दिन बस्ने बैठकले प्रदेशसभा, प्रतिनिधि सभा र समानुपातिक सदस्यको सूचीबारे निर्णय हुने नेता सोम शर्माले बताए ।

२०७४ को निर्वाचनमा जुली समानुपातिकबाट सांसद बनेकी थिइन् भने महासेठ धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए ।