संगीतकार संघको अध्यक्षमा सापकोटा

काठमाडौं, १९ भदौ । संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा छानिएका छन् ।
संघको ११ औं साधारण सभाले अध्यक्षमा सापकोटा सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
साधारण सभाले वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान छानेको छ ।
त्यस्तै बसन्त सापकोटा महासचिव छानिएको सभाले सचिवमा प्रह्लाद बोगटी र कोषाध्यक्षमा राजेश थापा छानेको छ ।
संघको सदस्यहरुमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी, शंकर स्माइल र दिनेश बान्तवा परेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


