काठमाडौं, १९ भदौ । त्रिवि शिक्षण अस्पतालका प्रा.डा. रमेशसिंह भण्डारीले नयाँ गीत सार्वजनिक गरेका छन् ।

कलेजो प्रत्यारोपण सर्जन डा. भण्डारीले ‘तिम्रो नै माया’ नामक गीत सार्वजनिक गरेका हुन् ।

डा.भण्डारीकै स्वर, शब्द र संगीत रहेको म्युजिक भिडियोमा अभिनय पनि उनकै छ। गीतको एरेन्ज प्रदीप जोशीले गरेका हुन् ।

डा. भण्डारीले यसअघि पनि म्युजिक भिडियो सार्वजनिक गरेका थिए । डा. भण्डारी चिकित्सा पेशासँगै गीत संगीतमा पनि रुची राख्छन् ।